सुक्खा याम, अत्यधिक डढेलो तथा पश्चिमी वायु कमजोर भएका कारण केही दिनयता देखिएको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा अत्यन्तै खराब अवस्थामा रहेकोले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।
हालै देखिएको अत्यधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्कने फोहर जलाउने काममा नियन्त्रण गर्न र सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउन सकिने आयोगको सुझाव छ ।
अध्ययनकर्ताहरूले वायु प्रदूषणका कारण हुने मृत्युको सङ्ख्या धूमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन्। पूर्वी एशियामा वायु प्रदूषणले मानिसको लगभग चार वर्ष आयु घटेको र ओसनिया क्षेत्रमा एक वर्षभन्दा कम घटेको उनीहरूको अनुमान छ।