जहाजहरू बिग्रेपछि निगमको ७५ प्रतिशत अन्तर्राष्ट्रिय उडान बिथोलिने

नेपाल वायुसेवा निगमको ७५ प्रतिशत अन्तर्राष्ट्रिय उडान भोलि शुक्रबारदेखि रद्द हुने अवस्थामा पुगेको छ । यसबाट निगमलाई करोडौं रुपैयाँ घाटा पर्ने भएको छ ।

बुधबार दुबईबाट आएको एउटा न्यारोबडी (अल्फा किलो व्हिस्की-एकेडब्लू) जहाजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि चेक जाँच गर्दा नोज व्हिलमा हाइड्रोलिक लिकेज (टेक्निकल) देखियो । निगम स्रोतका अनुसार यसको मर्मत गर्न यहाँ पार्टपूर्जा नभएकाले बाहिरबाट ल्याउनुपर्छ । इन्जिनियरिङ विभागले अप्रिल ६ तारिख (आगामी मंगलबार) सम्म उक्त एकेडब्लू ग्राउन्डेड हुने जानकारी दिइसकेको छ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।