प्रधानमन्त्रीले विश्वासकाे मत लिनुपर्ने माओवादीकाे जिकिर
माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासकाे मत लिनुपर्ने बताएकाे छ। सर्वोच्च अदालतको फैसलापछि नेकपा विभाजित भई तत्कालीन नेकपा (एमाले) र (माओवादी केन्द्र) ब्युँतिएका कारण संविधानको व्यवस्थाअनुसार सरकारले चैत २३ गतेसम्म विश्वासको मत लिनुपर्ने मत उठेकाे हाे।