ओलीकाे बाेल्ड निर्णय, नेताहरू नेपाल र रावल निलम्बित

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू माधव कुमार नेपाल र भीम रावललाई निलम्बित गरेका छन्। उनले नेताद्वयलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका हुन्। उनीहरूलाई गुटगत भेला गरेकाे, अनावश्यक टिप्पणी, कार्यव्यवहार गरेकाे, सरकार तथा पार्टीकाे बदनामी गरेकाे आराेप छ। यसअघि उनीहरूसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण साेधिएकाे थियाे।

निलम्बनमा परेसँगै नेता नेपालले त्यस्ताे कारबाहीकाे कुनै अर्थ नभएकाे टिप्पणी गरेका छन्। उता पाण्डे र भुसाललाई अध्यक्ष ओलीले पुनः स्पष्टीकरण साेधेका छन्।


सम्बन्धित सामग्री

बादलको सांसद र मन्त्री पद गुम्यो, आजै पुनः नियुक्त हुँदै

गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्री तथा सांसद पद गुमाएका छन्। माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरेसँगै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो। उनी आजै पुनः गृहमन्त्रीका रूपमा सपथ लिने भएका छन्। उनको ठाउँमा ३५ दिनभित्र पुनः निर्वाचन हुने भएको छ।

छोटकरी विशेष

वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैशाख मसान्तसम्म विद्यालय बन्द राख्न सिफारिस गरेकाे छ। सीसीएमसीले ठूला सहर र कोरोनाकाे उच्च संक्रमण भएका स्थानका विद्यालय बन्द गर्न सिफारिस गरेको हाे। अन्य ठाउँका विद्यालयबारे प्रदेश र स्थानीय तहले निर्णय लिनसक्ने बैठककाे निष्कर्ष छ। त्यस्तै डान्सवार तथा अन्य हस्पिटालिटीहरू समेत बन्द गर्नुपर्ने भएकाे छ।

छोटकरी विशेष

त्रिकोणात्मक टी–ट्वान्टी खेलमा नेपालकाे शुरूआती जित

त्रिकोणात्मक २०/२० क्रिकेट शृंखलाकाे पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको छ। नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १३६ रन बनाएको थियो। नेपालकाे तर्फबाट कुशल भुर्तेल, आशिफ शेखले अर्धशतक प्रहार गरेसँगै नेपालकाे विजयी यात्रा शुरू भएकाे हाे। नेपालले १५ ओभरमै लक्ष्य पुरा गरेकाे हाे।

छोटकरी विशेष

प्रधानमन्त्री निवासमा सर्वदलीय बैठकः के-के भयाे?

प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा एमसीसी लगायत विषयमा छलफल भएकाे छ। बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकाेटाले संसदलाई बन्धक बनाएकाे आराेप लगाए। बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, जसपाबाट महन्थ ठाकुर, राप्रपाबाट प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए। बैठकमा एमालेका नेता माधवकुमार नेपाल, माओवादी नेता प्रचण्ड भने सहभागी भएनन्।

छोटकरी विशेष

नेपालमा युके भेरियन्टकाे काेराेना तीव्र रूपमा फैलिँदै

नेपालमा दुई नयाँ भेरियन्टकाे काेराेना फैलिएकाे देखिएकाे छ। नेपालमा डबल म्युटेन्ट र युके भेरियन्टकाे काेराेनाकाे नयाँ भेरियन्ट देखिएकाे हाे। तीमध्ये युके भेरियन्टकाे काेराेना तीव्र रूपमा फैलिइरहेकाे छ। बालबालिका, वृद्धवृद्धाका लागि बढी खतरनाक मानिएकाे याे भेरियन्टका शिकार भने ३०-३९ वर्षीय युवा संक्रमित भइरहेका छन्। युके भेरियन्टका संक्रमितकाे ट्राभल हिस्ट्री खाेजिँदैछ।

छोटकरी विशेष

यी १४ जिल्ला काेराेनाबाट अति प्रभावित, विद्यालय बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पतलाहरूले कोरोना संक्रमितका लागि कम्तीमा ५० बेड छुट्याउनुपर्ने निर्णय गरेकाे छ। काेराेना संक्रमण बढ्दै जाँदा सरकारले यस्ताे निर्णय गरेकाे हाे। त्यस्तै मन्त्रालयले अति संक्रमण बढेका १४ जिल्लाका विद्यालय बन्द गर्न समेत भनेकाे छ। उता स्थानीय तहहरू विद्यालय बन्दबारे संघीय सरकारकाे निर्णय कुरेर बसेकाे बताएका छन्।

छोटकरी विशेष