सैनिक शासन ब्यहोरीरहेको म्यानमारमा हिंसा बढ्दै गएको छ। सैन्य दमनमा परी अहिलेसम्म सयौँ जना सर्वसाधरणको मृत्यु भएको छ। सेनाले अन्तिम संस्कार गरिरहेका व्यक्तिहरूमाथि समेत गोली चलाएको छ। घटनासँगै हजारौँ मानिसहरू देश छोड्न थालेका छन्। उता सैनिकहरू भने रातभर पार्टीमा रमाएका खबरहरू बाहिरिएका छन्।