सीके राउतलाई लाग्याे राज्यविरुद्धकाे मुद्दा, अदालतमा उपस्थित हुन आदेश
राज्यविरुद्धको संगठित अपराध मुद्दामा सीके राउतलाई जिल्ला अदालत नवलपरासीले ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश जारी गरेकाे छ। डा. राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बकाटोको म्यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो।