विराटनगर : निर्वाचनपछि मत परिणामको चासोको विषय सकिएसँगै यतिबेला प्रदेश १ मा कुन दलको नेतृत्वमा सरकार गठन हुने हो भन्ने विषयमा सबैको ध्यान मोडिएको छ।प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेसँग पनि बुहमत छैन। त्यस्तै, सत्ता गठबन्धनसँग पनि बहुमत छैन। प्रदेश सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाले कुन दललाई समर्थन गरेर अगाडि बढ्ने हो भन्ने विषयमा अहिलेसम्म कुनै धारणा आइसकेको छैन। यसले गर्दा प्रदेश सरकार गठन प्रक्रिया निक्कै सकसपूर्ण बनेको छ।प्रदेश १ सरकार गठनको तयारी