ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव सडकमा गाडिएको अवस्थामा भेटियो

सुतेको ओछ्यानसहित दम्पती बेपत्ता घटनामा संलग्न रहेको ४ जना आरोपितलाई पक्राउ गरेता पनि दम्पतीको लास भेटिएको थिएन। महोत्तरीको पीपराबाट अपहरित दम्पतीको शव ३२ दिनपछि निर्माणाधीन सडकमा गाडिएको अवस्थामा आज(बिहीबार) फेला परेको छ ।

फागुन ११ गते राति पिपरा गाउँपालिका–५ सहोडकाबाट अपहरित ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवीको शव ३२ दिन पछि निर्माणाधीन सडकमा पुरिएको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 


पीपरा बजारबाट अतरा जाने सडकखण्डमा बाढीले बगाएको सडकमा बनाइएको डाइभर्सनमा गाडिएको अवस्थामा शव भेटिएको प्रदेश प्रहरी कार्यालयबाट घटना अनुसन्धानका लागि खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।


 घटनामा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी महोत्तरीले पत्रकार सम्मेलन गर्दै जनाएको थियो ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।