कहाँ पुग्यो प्रधानमन्त्री ओलीको बायोपिक 'रातो सूर्य' ?

लगभग चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीमा फिल्म बन्ने घोषणा भएको थियो । ‘रातो सूर्य’ शीर्षकमा बन्ने भनिएको फिल्मको २०७३ मंसिर २८ गते विधिवत घोषणा भएको थियो । तर, चार वर्ष बित्न लाग्दा पनि फिल्म बन्यो-बनेन अत्तोपत्तो छैन । कहाँ पुग्यो प्रधानमन्त्री ओलीको बायोपिक ?

दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने उक्त चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने छ । निर्देशक दहालका अनुसार ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने भएका छन् । ४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैं देखिने बताइएको थियो ।


फिल्मका निर्माता/निर्देशक दाहाललाई यही प्रश्न गर्दा उनले फिल्मको ३० प्रतिशत सुटिङ बाँकी रहेको र महामारीपछि सकिने जानकारी गराए । उनले प्रधानमन्त्री केपी ओली संलग्न इभेन्टहरू खिच्ने काम सकिए पनि व्यक्तिगत दृश्य खिच्ने अनुकूल समय नमिल्दा ढिलो भएको बताए ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।