रेशम चौधरीलाई रिहाइको माग गर्दै आन्दोलनकारीसँगै माइतीघरमा गृहमन्त्रीको धर्ना

गृहमन्‍त्री रामबहादुर थापा रेशम चौधरी र लक्ष्मण चौधरीलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन् । उनले आफू सरकारको तर्फबाट आन्दोलनमा उपस्थित भएको बताएका छन् ।

केही दिनदेखि थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडाैंले संयुक्त रुपमा माइतीघरमा जारी राखेको धर्ना कार्यक्रमै उपस्थित भएर गृहमन्त्री थापाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकारले बिहीबार नै टोली बनाउने जानकारी गराए ।


आन्दोलनरत पक्षले टीकारपुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायत माथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने जस्ता १९ बुँदे माग राखी केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा दिइरहेका छन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।