नेपालमा राजधानीबाहिर पहिलाेपटक सफल रूपमा कलेजाे प्रत्याराेपण गरिएकाे छ। चितवन मेडिकल कलेजले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामाकाे कलेजो प्रत्यारोपण गरेको हाे। यसअघि २०७३ मा नेपालमै पहिलाेपटक कलेजाे प्रत्याराेपण गरिएकाे थियाे। भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा डा. काेनले पहिलाेपटक कलेजाे प्रत्याराेपण गरेका थिए। प्रत्याराेपण सफल भएकाे थियाे।