पूर्व माओवादीहरूलाई एक ठाउँ ल्याउन माओवादी केन्द्रका नेता गाेपाल किराँतीले प्रचण्ड, बाबुराम, वैद्य र विप्लवलाई पत्र पठाएका छन्। उनले पूर्व माओवादी सबैले एक ठाउँ उभिने बेला आएकाे उल्लेख गरेका हुन्। यता प्रचण्डले साे प्रस्तावप्रति सकारात्मकता देखाएकाे मातृका यादवले जनाएका छन्। त्यस्तै प्रचण्डले माओवादी केन्द्रको नयाँ मोडालिटीबारे छलफल भइरहेकाे बताएका छन्।
यता माओवादी केन्द्रले एमाले र माओवादीलाई विभाजन गर्ने गरी सर्वाेच्च अदालतले गरेकाे निर्णयविरुद्ध पुनरावलाेकनमा जाने भएकाे छ।