२० मिनेटमा नेपाल र बङ्गलादेश जाेड्ने हवाई मार्ग सञ्चालन गर्ने सहमति

राष्ट्रपति विद्यादेवी भण्डारीले बाङ्लादेश भ्रमणको क्रममा २० मिनेटभित्र दुई देशलाई जोड्ने सैयदपुर-विराटनगर हवाई सेवा सञ्चालन तत्कालै अघि बढाउनेबारे नेपालले विशेष इच्छा रहेको जाहेर गरेकी थिइन्। बाङ्लादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको बताइएको छ।

नेपाल र बाङ्लादेशबीच काठमाण्डू जोड्ने सिधा उडान सञ्चालित छ जसबाट बर्सेनि लगभग ३० हजार बाङ्लादेशी नागरिकहरू नेपालको भ्रमणमा आउने गरेको बताइन्छ।

नयाँ हवाई मार्ग सञ्चालनमा आए त्यसले दुई देशबीचको सम्पर्क सञ्जाललाई विस्तार गर्ने र थप पर्यटक नेपाल भित्र्याउन सहयोग गर्ने अधिकारीहरूको अपेक्षा छ।


ढाकास्थित नेपाली राजदूत  वंशिधर मिश्रका अनुसार सैयदपुर-विराटनगर हवाई मार्ग सञ्चालनमा आउँदा नेपालका अरू धेरै निजी वायुसेवाहरूलाई बाङ्लादेशसम्म उडान गर्न बाटो खुल्नेछ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।