नेपालले भने– एमाले हाम्रो हो, ओलीले पार्टी छोडेर गए हुन्छ
एमालेभित्र बढ्दै गएको विवादका बीच नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर गए हुने बताएका छन्। एमाले आफूहररूको भएको बताउँदै उनले जबज र ओलीको भेट कहिले भएको थियो भन्दै प्रश्नसमेत गरेका छन्। स्पष्टीकरणले आफूहरू नतर्सेको बताउँदै नेता नेपालले ओलीमा कम्युनिस्टको संस्कार नभएको आरोप लगाएका छन्।