स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । ढुंगानाका अनुसार खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ ।
चीनले नेपाललाई अनुदानस्वरूप दिने भनेको कोरोना भ्याक्सिन (खोप) ल्याउने कुनै पनि तयारी नभएको थाहा भएका समाचारहरू यसअघि प्रकाशित भएका थिए।