म्यानमार ‘कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने तयारीमा ईयू

युरोपियन युनियन (ईयू)ले म्यानमारमा सैन्य कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । मन्त्रीहरुको बैठकले ती अधिकारीहरुको नाम औपचारिक रुपमा तय गरेसँगै सार्वजनिक गरिने जनाइएको छ ।

ईयूका परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन ब्रसेल्स आइपुगेका ईयूका वैदेशिक मामिला प्रमुख जोसेफ बोरेलका अनुसार प्रदर्शनकारीमाथि दमन गर्ने र कू’मा संलग्नहरुलाई प्रतिबन्ध लगाउन लागिएको हो


गएको फेब्रअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित अन्य नेताहरुलाई नियन्त्रणमा लिई सत्ता हातमा लिएको थियो । त्यसयता जारी सेनाविरोधी प्रदर्शनमा सेनाले शक्ति प्रयोग गर्दा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।