भिसा सकिएपछि पनि स्वदेश फर्कन नमान्ने विदेशी पाहुना जोइल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बस्दै आएका छन्। एक्लै रहेका उनी असामान्य व्यवहार र गतिविधि गर्छन्। खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन्। स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शङ्का गरेका छन्।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय नागरिक प्रि जोइल नेपाल भ्रमणको भिसा सकिएको भएपनि आफ्नो देश फर्कन अटेर गरेर लुकिछिपी नेपालमै रहँदै आएका छन्। उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन्। 


भ्रमण भिसामा आएका विदेशी नागरिकले भिसा सकिएपछि पनि विदेशमै बसिरहनुलाई कानुनी रूपमा अपराध ठहर्याइन्छ। बाध्यातावश बस्नैपर्ने भएमा पनि अध्यागमन विभागबाट म्याद थप गर्नुपर्ने कानुन रहेको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।