भारतमा ४० वर्षसम्म जेल परेकाे इलामका दुर्गाप्रसाद तिम्सिना आइतवार स्वदेश फर्किएका छन्। इलाम घर भएका तिमिल्सिना सन् १९८० मा दार्जिलिङमा पक्राउ परेका थिए। भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरमा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन्। शारीरिक र मानसिक रूपमा कमजोर उनी आइतबार नेपाल आइपुगेका छन्।