सरकारका कानूनी सल्लाहकार तथा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै उनले आफूले सरकारी वकिललाई चिनिने अवस्थामा पुर्याएकाे बताउँदै राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्रीसँगकाे मनमुटावका कारण राजीनामा दिएकाे बताइएकाे छ। त्यस्तै प्रधानमन्त्रीले नयाँ महान्यायाधिवक्तामा रमेश बडालकाे नाम सिफारिस गरेका छन्। उनलाई राष्ट्रपतिले आजै नियुक्त गरेकी छन्।