नेपालबाट प्रजनन र वास खोज्दै भारत र चीनसम्म पुगेको हिमाली गिद्धको यात्रा

जोखिममा रहेको हिमाली गिद्ध मध्यचीनबाट नेपाल हुँदै भारतसम्म पुग्ने गरेको भेटिएको छ। नेपालमा झन्डै १०,००० वटाजति हिमाली गिद्ध रहेको अनुमान छ।

हिमाली गिद्धबारे अध्ययन गर्न झन्डै १६ महिनाअघि कास्कीको अन्नपूर्ण क्षेत्रबाट छाडिएका हिमाली गिद्धमा जडित 'स्याटलाइट ट्रान्समिटर'बाट प्राप्त सूचनाले त्यस्तो देखाएको हो ।


यसअघि मध्यपहाडी क्षेत्रदेखि माथि हिमालसम्म पाइने हिमाली गिद्ध कैलालीका सामुदायिक वनमा देखा परेका पुष्टि भएको थियो । सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा र अछाममा हिमाली गिद्धको बसोबास रहेको छ ।


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक