एमालेले बनायो २४ सदस्यीय संसदीय बोर्ड, को-को छन् सदस्य ?

सत्तारुढ दल एमालेको २७ सदस्य संसदीय दलको बोर्ड गठन भएको छ । जसमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।

बिहीबार बालुवाटारमा बसेको दलको बैठकमा तीन सदस्य पछि थप्ने गरी २४ सदस्य मनोनीत भएका हुन् । एमाले खनाल–नेपाल समूहले सानेपा (हेरिटेज गार्डेन) मा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको वेला बालुवाटारमा ओलीले संसदीय दलको बैठक राखेका हुन् । 


दलका नेता केपी ओली अध्यक्ष रहने बोर्डमा खनाल र नेपालसहित सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, विमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मालगायत सदस्य छन् । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।