प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकाे वरिष्ठ नेताहरू मााधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टी फाेड्न सजिलाे हुनेगरी अध्यादेश ल्याउने बताएका छन्। पार्टीविरुद्ध कसैले पनि संगठित हुन नपाउने बताउँदै उनले छुट्टिने मन भए आफूसँग निवेदन हाल्न आग्रह गरे। उनले कसैले कसैलाई बधुवा बनाएर राख्न नसक्ने बताए।