दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ विरुद्धको खोप अपेक्षाअनुसार उपलब्ध नभएपछि दोस्रो डोज लगाउने मिति लम्बिने भएको छ । हालसम्म भारतको सहयोग, कोभ्याक्स योजना र भारतबाट किनेको समेत गरी नेपालमा जम्मा २३ लाख ४८ हजार डोज खोप आएको छ । त्यसमध्ये १५ लाखभन्दा बढी डोज प्रयोग भइसकेको छ ।


मन्त्रालयले दोस्रो चरण अन्तर्गत ५५ वर्ष ६४ सम्मका व्यक्तिलाई दोस्रो चरणमा खोप दिने कार्यक्रम तय गरे पनि खोप आपूर्ति गर्न केही समय लाग्ने देखिएपछि सो कार्यक्रमलाई स्थगित गर्नु परेको हो ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।