सबै वितण्डाकाे जिम्मेवार प्रधानमन्त्री ओली भएकाे नेपाल समूहकाे जिकिर
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र देशभित्र भइरहेकाे सबै वितण्डाकाे जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएकाे जिकिर गरेका छन्। सानेपामा आयोजित नेपाल पक्षीय भेलालाई सम्बोधन गर्दै उनीलगायत नेताहरूले प्रधानमन्त्री ओली भ्रष्टाचारमा लिप्त भएकाे, पार्टी फाेड्न तम्सिएकाे लगायत आरोप लगाएका छन्। भेलाबाट पुराना वामपन्थी नेताहरू नेपाल समूहमा खुलेका छन्।