उठाउने बेलाको धानबाली वर्षाले सखाप, चिन्तामा किसान

झापा । गौरीगंज- १ का किसान हरिप्रसाद श्रेष्ठले चार बिघा क्षेत्रफलमा धान खेती लगाएका थिए । कतै धान पाक्न सुरु भएको थियो, कतै पसाउन सरु भइसकेको थियो । तर, बेमौसमी अविरल वर्षाले उनको धान खेती सखाप पार्‍यो । धानमा अहिले कन्काई माई नदीको ठूलो भङ्गालो कुदिरहेको छ । ‘अब त धान घरमा भित्र्याउने आस छैन । […] The post उठाउने बेलाको धानबाली वर्षाले सखाप, चिन्तामा किसान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले धानबाली सखाप

मकवानपुर : बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्। मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो।मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन्। सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए।  उनले भने, “मङ्गलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पु

कञ्चनपुरमा पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित

कञ्चनपुर – कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् । सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताए । “सात÷आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ”, उनले […]

लगातारको वर्षाले पाक्नै लागेको मार्सीधानबालीमा क्षति

जुम्ला– लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् । जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए […]

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस...

वर्षाले भित्र्याउन नपाएको धानबाली बोटमै उर्मिँदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताए ।“खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैन”, चौधरीले भने, “दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ ।&rdq

धानबाली नष्ट हुँदा किसान मारमा

वर्षातका कारण कैलाली, कञ्चनपुरमा भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाले धानबाली सखाप पारेको हो । धानबाली क्षति भएपछि किसान चिन्तित छन् । धान वर्षाले भिजाएको र डुबाएको मात्रै होइन नदीले बगाएको समेत छ ।

वर्षाले पर्वतमा लाखौंको धानबाली नष्ट

धान काट्ने बेला भएको अकस्मात वर्षा हुँदा पर्वतका किसान चिन्तामा परेका छन् ।वर्षभरिको बाली थन्काउने बेला वर्षा हुँदा किसानले पिरलो मानेका हुन् । निरन्तर वर्षा हुँदा पाकेको धान खेतमै अलपत्र परेको छ । कतिपयले काटेको धानको पाँजा खेतमा रुझेको बताएका छन् । मोदी ६ तिलाहारका दिपेन्द्र लामिछानेले वर्षाले काटेको धान खेतमै रुझेको बताए । खुर्कोटमा […]

सप्तरीमा वर्षाले धानबालीमा क्षति

लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पु¥याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताए । जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल,राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान

अविरल वर्षाले क्षति भोगेका किसानलाई राहत दिन मौलिक जरोकिलो पार्टीको माग

अविरल वर्षाका कारण भित्र्याउन लागिएको धानबालीलाई क्षति पुगेर किसान मर्कामा परेको घटनाप्रति मौलिक जरोकिलो पार्टीले चिन्ता व्यक्त गरेको छ । बीउको अभाव, समयमै मल नपाउने समस्या र बजारको अभावको कारण आफ्नो उत्पादन खेतबारीमै सड्ने समस्या पटक–पटक भोगेका नेपाली किसानले यसपटक पाकेको धानबाली भित्र्याउने बेला बेमौसमको वर्षाले गरेको क्षति सहनुपरेकोमा पार्टीले दुःख व्यक्त गरेको छ । खेतीपातीबाट जीविकोपार्जन गरिरहेका साना किसानहरू चरम आर्थिक संकटमा पर्ने र भोकमरी लाग्ने सम्भावना बढ्नसक्ने पार्टीले अनुमान गरेको छ । तंग्रिन थ...

वर्षाले कपिलवस्तुको धानबाली डुवानमा

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ ।  कृषकले   काटेर खेतमा सुकाएको धान र  काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि  किसान चिन्तित बनेका छन्...