राष्ट्रपतिका अगाडि प्रधानमन्त्रीले भने, फेरि पनि संसद विघटन हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निवासमा आयाेजित सर्वदलीय बैठकमा संसद नचले फेरि पनि विघटन हुने बताएका छन्। उनले ताजा जनादेश नै अहिलेकाे आवश्यकता भएकाे समेत बताए। राजनीतिक सरगर्मीका बीच राष्ट्रपतिले सर्वदलीय बैठक डाँकेकी हुन्। कार्यक्रममा राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार नै यसअघि संसद विघटन गरेकाे स्पष्टाेक्ति गरेकी छन्।