भारतले राेकेन महाकालीमा एकतर्फी तटबन्ध निर्माणकाे काम
भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध बनाइरहेकाे छ। नेपालले यसअघि नै भारतीय प्रशासनलाई पत्राचार गरी एकतर्फी तटबन्दी राेक्न भनेकाे थियाे। ०७० साल असार २ गते महाकाली नदीमा आएकाे बाढीले कटान गरेकाे महाकाली नदीमा एकतर्फी रूपमा तटबन्ध हुन थालेसँगै स्थानीय त्रसित बनेका छन्।