सिराहा लाहानस्थित मालपाेत कार्यालयमा आइतबार भएकाे बमविस्फाेटमा संलग्न रहेकाे आराेप एकजना पक्राउ परेका छन्। विस्फाेटमा संलग्न रहेको आशंकामा बलराम मण्डल पक्राउ परेका हुन्। घटनामा परी ८ जना घाइते भएका थिए। घाइतेहरूलाई काठमाडाैँ ल्याइएकाे छ। विस्फाेटस्थलबाट गाेइत समूहकाे पर्चा भेटिएकाे थियाे। विस्फाेटपछि मालपाेत कार्यालयकाे दैनिक काम कारबाही ठप्प भएकाे छ।