एमाले नेताहरूको पुनर्मिलनः नेपाल र ओली समूहबीच बैठक

एमाले नेताहरूको पुनर्मिलनः नेपाल र ओली समूहबीच छलफल भएको छ। पार्टीभित्र विवाद बढ्दै गएको बेला दुई पक्ष बीच छलफल भएको हो। बैठकमा नेपाल समूहले यसअघि २८ गतेको निर्णय नमान्ने बताएको छ। बैठक सौहार्दपूर्ण भए पनि निष्कर्ष पुग्न नसकेको उल्लेख छ।

सम्बन्धित सामग्री

एमालेभित्र वारपारकाे लडाइँ, नेपाल समूहका ३२ जनालाई कारबाही गरिँदै

एमालेले नेपाल समूहका ३२ जना नेताहरूलाई स्पष्टीकरण साेधेकाे छ। संघीय संसदका २७ जना सदस्य र प्रदेश सभाका ५ जनासहित ३२ जनालाई स्पष्टीकरण सोधिएकाे हाे। उनीहरूलाई पार्टीविधान उल्लंघन गरेकाे आराेप लागेकाे छ। उता नेपाल समूहका नेताहरूले भने आफूहरू एमालेमै रहेकाे बताउँदै पार्टीभित्रै रहेर संघर्ष गर्ने बताएका छन्।

छोटकरी विशेष

चारदिनभित्र सबै मुद्दा टुंग्याउने जसपालाई प्रधानमन्त्रीकाे आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेता तथा कार्यकर्तालाई लागेका मुद्दा टुंग्याउने आश्वासन दिएका छन्। जसपाका चारजना नेताहरूसँग भेटेका प्रधानमन्त्री यस्ताे आश्वासन दिएका हुन्। यसअघि रेशम चाैधरी लगायतका थारू आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताकाे मुद्दा फिर्ता गर्न फाइल गृहमन्त्रालय पुगेकाे थियाे।

छोटकरी विशेष

रेशम चाैधरीकाे मुद्दा फिर्ताकाे फाइल गृहमन्त्रालयमा

सरकारले जसपासँगकाे सत्ता साझेदारीका लागि रेशम चाैधरी लगायतकाे मुद्दा फिर्ताकाे प्रक्रिया अघि सारेकाे छ। आजकै मन्त्रिपरिषद् बैठकबाट मुद्दा फिर्ता र कैद माफी मिनाहाको प्रस्ताव लैजाने योजना भएपनि तयारी नपुगेकाे भन्दै राेकिएकाे हाे। यसअघि सरकारसँगकाे वार्तामा जसपा कार्यदलले सबैखालका मुद्दा फिर्ता लिने बारे छलफल गरेकाे थियाे।

छोटकरी विशेष

शेयर बजारबाट १० कित्ते प्रावधान हट्ने, न्यूनत्तम् ५० कित्ता बनाइँदै

नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने भएको छ। बोर्डले प्राथमिक बजारमा १० कित्ते प्रावधान हटाउँदै न्यूनत्तम ५० कित्ता पुर्‍याउने तयारी गरेको हो। केही समयअघि बाेर्डले यो प्रावधान हटाउने तयारी गरेपनि साना लगानीकर्ताहरूको विरोधका कारण निर्णय हुन सकेको थिएन। १० कित्ते नीतिले विकृति ल्याएको भन्दै प्रावधान हटाउन लागिएको हाे।

छोटकरी विशेष

लुम्बिनी प्रदेशमा सत्ता हलचलः मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावमा ४१ सांसदले हस्ताक्षर गरेका छन्। यसअघि कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव फेल भएको थियो। आजै प्रतिनिधिसभाको अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरिदिएकी छन्।

छोटकरी विशेष