एमालेमा चल्यो ओलीको ‘खड्गः महासचिव र अध्यक्षबाहेकका सबै पदाधिकारी खारेज
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेकका सबै पदाधिकारीको पद खोसेका छन्। त्यस्तै उनले माओवादी केन्द्रबाट आएका रामबहादुर थापालाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् भने पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकिएको छ। ओलीको यो निर्णयपछि नेपाल–खनाल समूहले स्थायी कमिटीको निर्णय बोलाएका छन्। ओली पक्षले भने यसलाई महाधिवेशन आयोजक कमिटी भनेकाे छ।