भुइयाँ जुन गाउँका यी वासिन्दा हुन्, सो गाउँको नाम हो- कोठीलवा। हिन्दुस्तान अखबारका एक स्थानीय पत्रकारले लौन्गी भुइयाँको कहानी पहिलोपटक छापेका थिए। त्यसपछि कोठीलवा गाउँ आकर्षणको केन्द्र बन्न पुग्यो। यो त्यही गाउँ हो जहाँ आजभन्दा केही वर्ष पहिलेसम्म एउटा प्राथामिक विद्यालयसम्म थिएन।
सन् २०११ को जनगणनाअनुसार कोठीलवा गाउँ, बिहारको गया जिल्लाको बाँके बजारमा अवस्थित छ। यो गाउँ, जिल्ला मुख्यालय गयादेखि लगभग ८० किलोमिटर टाढा छ। यो पूरै गाउँ करिब ४४५ हेक्टर (४.४५ वर्ग कि.मि.) क्षेत्रफलमा फैलिएको छ। कोठीलवा गाउँको कुल जनसंख्या करिब ७३३ रहेको छ। सरकारी आँकडाको अनुसार कोठीलवा गाउँमा कुल ११० घर छन्। यहाँदेखि नजिकको बजार भनेको कस्बा शहर (बजार) हो, जुन गाउँदेखि २३ किलोमिटर टाढा पर्दछ।
गाउँवासी भुइयाँलाई पागलको संज्ञा दिएर उनको हाँसीमजाक गर्दथे। तर, अहिले गाउँवासीहरू याद गर्दै बताउँछन् कि लौन्गी अक्सर कोदालो, डाली लिएर जंगलतर्फ जाँदै गरेको देखिन्थ्यो। र, प्रश्न सोध्दाखेर लौन्गीको जवाफ हुन्थ्यो, ‘पहाडी शृंखलाबाट पानी गाउँसम्म आउनेछ। जसको मद्दतले गाउँवासी विना पानी उम्रने फसल, मकै, चनाको ठाउँमा गहूँ, धान एवं सागसब्जीको उत्पादन गर्न सक्नेछन्। यस नहरले गाउँमा हरियाली ल्याउनेछ।
लौन्गी बताउँछन्, "मैले देखेको थिए वर्षाको समयमा पहाडी शृंखलाको फेदीमा पानी आएर जम्मा भए पनि बगेर कहीँ अन्तै पुग्ने गर्थ्यो। मलाई लाग्ने गर्थ्यो यदि मैले नहर खनेर पानीको बहाव मोडीदिए भने गाउँमा हरियाली छाउने थियो। गाउँको अनुहार बद्लिने थियो। यो एक नहर खनेर म् गाउँवासीलाइ शहर पलायन हुनबाट रोक्न सक्छु झैं लाग्थ्यो।”
वर्षौ पहिले हामीले दशरथ माँझीको कहानी सुनेका थियौं। दशरथ माँझी गया जिल्लाको वासिन्दा थिएँ। दशरथ माँझीलाई मिडियाले ‘ माउन्टेन म्यान’को दर्जा पनि दिलायो। जसबारे एक फिल्म पनि बनेको छ। यतिखेर लौन्गी भुइयाँलाई सबैले 'दोस्रो दशरथ माझी'को रुपमा चिनीरहेका छन्।