नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसको अवसरमा विभिन्न सैन्य कौशल प्रदर्शन गर्दै सेनाले दिवस मनाएको हो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, नेपाल सरकारका मन्त्रीहरूलगायतका अन्य विशिष्ट व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे।