माधव नेपाललाई प्रश्न– तपाईंहरू ओली सरकार टिकाउने कि ढलाउने पक्षमा ?

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारबारे विस्तृत छलफल गर्ने बताएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टीसँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा विस्तृत रूपमा छलफल गर्ने बताएका हुन् ।

उनले पार्टीमा हामी छलफल गरेर कसरी पार्टी लाने, आन्दोलन लाने कसरी, सरकार लाने कसरी, अरू पार्टीसँगको सहकार्य गर्ने कसरी, जनताको विश्वास जित्ने कसरी, जनताका गुनासोहरू सम्बोधन गर्ने कसरी, पार्टीभित्रको विमतिलाई सम्बोधन गर्ने कसरी, यावत् कुराको बारेमा विस्तृत छलफल गर्ने बताएका छन् । 


 एमालेको नेपाल समूहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउने निर्णायक भूमिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै भएको बताएका छन् । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।