सगरमाथा चढ्नेहरूले अनुमति बिना फोटो र भिडियो खिच्न नपाइने

कुनै पनि पर्वतारोही दल तथा दलका सदस्यले फोटो, भिडियो तथा फिल्मिङ सम्बन्धी काम गर्दा आफू सम्बद्ध दल र दलका सदस्यको आरोहण गतिविधिबाहेक अन्यको फोटो, भिडियो खिच्ने तथा फिल्मिङ सम्बन्धी काम गरी त्यसको प्रचारप्रसार तथा प्रकाशन गर्न नपाइने भएको छ।

०७६ वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा चुचुरोमुनिको हिलारी स्टेपमा आरोहीहरूको भीड देखिने एउटा फोटो विश्वभर भाइरल भयो । नेपाली आरोही निर्मल पुर्जाले खिचेको उक्त फोटो ‘सगरमाथामा ट्राफिक जाम’ शीर्षकमा विश्वभरका दर्जनौं सञ्चारमाध्यमहरूको कभरेजमा पर्‍यो । उक्त तस्बिर छाप्ने न्युयोर्क टाइम्सलगायत अधिकांश विदेशी सञ्चारमाध्यमले नेपाल सरकारको आरोहणमा फितलो व्यवस्थापन भएको भनी आलोचना गरे ।


भूकम्पका बेला सगरमाथामा गएको हिमपहिरो, आरोहीका शव, त्यहाँ थुप्रिएको फोहोरलगायत नकारात्मक विषयमा जथाभावी फोटो भिडियो खिचेर बेचबिखन गर्ने, नेपालको आरोहणबारे नकारात्मकता फैलाउने गतिविधि रोक्न विभागले कडाइ गरेको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन्।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।