मदिरा सेवनका कारण मानसिंह बडुवालले श्रीमतीसहित चारै सन्तानलाई लगातार तनाव दिएपछि सोमबार साँझ सुकु बडुवाल आफ्ना सन्तान साथमै लिएर घरबाट निस्किइन् । गाउँमा माइत गइन् होला भनेर सोच गरेका गाउँले एक्कासि पाँचैजना कर्णाली नदीमा डुबेको भन्ने खबर पाएपछि स्तब्ध बने ।
आमा सुकु बडुवाल र आठ वर्षीया छोरा ललित बडुवालको शव मंगलबार दिउँसो फेला परेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिए । १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ कर्णाली नदीमा सोमबारै साँझ भेटिएको हो । जलारीले जाल हाल्ने क्रममा शव भेटिएपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।