५ साउन, चितवन । माडीगजलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ । माडीगज हात्तीको नाम हो । चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास …
साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा अत्याधुनिक प्रयोगशाला (ल्याब) को उद्घाटन गरिएको छ। प्रयोगशालाको उद्घाटन शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले गरेका हुन्।
काठमाडौँ । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइड क्षेत्रको भिरबाट खसेका एक व्यक्तिको शव सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार बागलुङ नगरपालिका-१४ नारायणस्थान स्थायी घर भई हाल सोही क्षेत्रमा बसोबास गर्दै आएका करिब ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भिरबाट खसेका थिए। घटनापछि खोज तथा […]
काठमाडौँ । काठमाडौँको चोभार क्षेत्रमा बस, ट्यांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा सडक दुर्घटना भएको छ। दुर्घटनापछि ट्यांकर पल्टिएको छ भने अन्य सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भएको थियो। त्यसपछि सुरक्षा निकायले पल्टिएको ट्यांकर हटाउने कार्य सुरु गरेसँगै सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। प्रहरीका अनुसार दुर्घटनामा मानवीय […]
वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सरकारलाई दिएको तीनबुँदे मागको अल्टिमेटम आज साउन ५ गते बाट सकिँदै छ। आफ्ना मागहरू आजभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रमहरू पुनः ब्युँताउने चेतावनी उनले दिएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित एक होटेलको कोठामा महिला मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार साउन ३ गते बिहान करिब ११ बजे मित्र नगरमा रहेको होटेल माउन्टेन एल्सिभाको चौथो तलाको एक कोठामा महिला मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी […]