माधव नेपाल एमालेमै रहने, माओवादी केन्द्र ब्यूँताउँदै प्रचण्ड

सर्वोच्चको पछिल्लो फैसलाले नेकपा अवैधानिक भएसँगै पूर्वएमाले र पूर्वमाओवादी ब्यूँतिएका छन्। यसकाे असरस्वरूप नेकपामा रहँदा एउटा पक्षका रूपमा रहेका प्रचण्ड-नेपाल पनि आ–आफ्नो पूर्व पार्टीमा फर्किने भएका छन्। सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरू एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरूले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको हाे।

विस्तृतमा


सम्बन्धित सामग्री

एमालेभित्र वारपारकाे लडाइँ, नेपाल समूहका ३२ जनालाई कारबाही गरिँदै

एमालेले नेपाल समूहका ३२ जना नेताहरूलाई स्पष्टीकरण साेधेकाे छ। संघीय संसदका २७ जना सदस्य र प्रदेश सभाका ५ जनासहित ३२ जनालाई स्पष्टीकरण सोधिएकाे हाे। उनीहरूलाई पार्टीविधान उल्लंघन गरेकाे आराेप लागेकाे छ। उता नेपाल समूहका नेताहरूले भने आफूहरू एमालेमै रहेकाे बताउँदै पार्टीभित्रै रहेर संघर्ष गर्ने बताएका छन्।

छोटकरी विशेष

चारदिनभित्र सबै मुद्दा टुंग्याउने जसपालाई प्रधानमन्त्रीकाे आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेता तथा कार्यकर्तालाई लागेका मुद्दा टुंग्याउने आश्वासन दिएका छन्। जसपाका चारजना नेताहरूसँग भेटेका प्रधानमन्त्री यस्ताे आश्वासन दिएका हुन्। यसअघि रेशम चाैधरी लगायतका थारू आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताकाे मुद्दा फिर्ता गर्न फाइल गृहमन्त्रालय पुगेकाे थियाे।

छोटकरी विशेष

देशैभर बढ्दै काेराेनाका गम्भीर बिरामी, वाग्मतीमा सबैभन्दा बढी

नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाका १६० जना बिरामी आईसीयूमा भर्ना भएका छन्। त्यस्तै काेराेनाकाे सिकिस्त लक्षण देखिएका अन्य ४५ जनालाई भेन्टिलेटरमा राखिएकाे छ। यीमध्ये सबैभन्दा धेरै सिकिस्त बिरामी वाग्मती प्रदेशमा भेटिएका छन्। त्यस्तै देशैभरि काेराेनाबाट मृत्यु हुनेकाे संख्या बढ्दाे क्रममा देखिएकाे छ। सरकारले भने १३ बुँदे सूचना जारी गरेकाे छ।

छोटकरी विशेष

शेयर बजारबाट १० कित्ते प्रावधान हट्ने, न्यूनत्तम् ५० कित्ता बनाइँदै

नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने भएको छ। बोर्डले प्राथमिक बजारमा १० कित्ते प्रावधान हटाउँदै न्यूनत्तम ५० कित्ता पुर्‍याउने तयारी गरेको हो। केही समयअघि बाेर्डले यो प्रावधान हटाउने तयारी गरेपनि साना लगानीकर्ताहरूको विरोधका कारण निर्णय हुन सकेको थिएन। १० कित्ते नीतिले विकृति ल्याएको भन्दै प्रावधान हटाउन लागिएको हाे।

छोटकरी विशेष

लुम्बिनी प्रदेशमा सत्ता हलचलः मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावमा ४१ सांसदले हस्ताक्षर गरेका छन्। यसअघि कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव फेल भएको थियो। आजै प्रतिनिधिसभाको अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरिदिएकी छन्।

छोटकरी विशेष