काठमाडौं । राष्ट्रियसभा चालु अधिवेशन फागुन–१ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएकाे हाे । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको […]
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग भेटवार्ता गरेकी छन् । भेटमा जिल्लाको समग्र सुरक्षा अवस्था, शान्ति सुव्यवस्था तथा सेवा प्रवाहका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सु भेटमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो ।
ट्रायम्फ नेपालले चर्चित नेपाली ब्याण्ड नेपथ्यको क्याम्पा चौरमा आयोजित लाइभ कन्सर्टको अवसर पारेर चितवनमा आफ्नो नयाँ शोरूमको औपचारिक उद्घाटन घोषणा गरेको छ। कम्पनीले यसलाई देशव्यापी विस्तार यात्राको महत्वपूर्ण माइलस्टोनका रूपमा लिएको जनाएको छ। नव–उद्घाटित चितवन शोरूम पूर्ण 3S सुविधा (Sales, Service र Spares) सहित सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको शोरूममा तालिमप्राप्त प्राविधिक तथा […]
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार (माघ २९) जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को […]
कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले विहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको बताए।