काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गरेका छन् । संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ । सचिवालयले भनेको छ, […]
पुनर्निर्माण गरिएको प्राचीन शैलीको वेनचाङ मण्डपको काठको संरचना पूरै जलेर नष्ट भएर कंक्रीटको फ्रेम मात्र बाँकी रहेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन्।
काठमाडौं– कजारिया टायल्सले ‘कजारियासँगै गृह प्रवेश, घुमौँ देश विदेश !’ को समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ । गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकले पुरस्कार जित्ने अवसर पाएका थिए । कम्पनीका अनुसार १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहक दैनिक लक्की ड्रका लागि योग्य […]