काेराेना खाेप लाउँदै प्रधानमन्त्री, दाेस्राे चरणकाे खाेप अभियान भाेलि देखि सुरू हुने

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार काेराेना खाेप लाउने भएका छन्। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसाार प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान १० त्रिवि शिक्षण अस्पताल गएर कोरोना खोप लगाउने भएका हुन्। सरकारले फाल्गुन २३ गतेबाट दोस्रो चरणको अभियान अन्तर्गत ६५ वर्षमाथिका वृद्धवृद्धालाई काेराेना खाेप लाउने याेजना अघि सारेकाे छ। ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुन लागेकाे हाे।,

विस्तृतमा


सम्बन्धित सामग्री

बादलको सांसद र मन्त्री पद गुम्यो, आजै पुनः नियुक्त हुँदै

गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्री तथा सांसद पद गुमाएका छन्। माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरेसँगै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो। उनी आजै पुनः गृहमन्त्रीका रूपमा सपथ लिने भएका छन्। उनको ठाउँमा ३५ दिनभित्र पुनः निर्वाचन हुने भएको छ।

छोटकरी विशेष

वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैशाख मसान्तसम्म विद्यालय बन्द राख्न सिफारिस गरेकाे छ। सीसीएमसीले ठूला सहर र कोरोनाकाे उच्च संक्रमण भएका स्थानका विद्यालय बन्द गर्न सिफारिस गरेको हाे। अन्य ठाउँका विद्यालयबारे प्रदेश र स्थानीय तहले निर्णय लिनसक्ने बैठककाे निष्कर्ष छ। त्यस्तै डान्सवार तथा अन्य हस्पिटालिटीहरू समेत बन्द गर्नुपर्ने भएकाे छ।

छोटकरी विशेष

त्रिकोणात्मक टी–ट्वान्टी खेलमा नेपालकाे शुरूआती जित

त्रिकोणात्मक २०/२० क्रिकेट शृंखलाकाे पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको छ। नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १३६ रन बनाएको थियो। नेपालकाे तर्फबाट कुशल भुर्तेल, आशिफ शेखले अर्धशतक प्रहार गरेसँगै नेपालकाे विजयी यात्रा शुरू भएकाे हाे। नेपालले १५ ओभरमै लक्ष्य पुरा गरेकाे हाे।

छोटकरी विशेष

प्रधानमन्त्री निवासमा सर्वदलीय बैठकः के-के भयाे?

प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा एमसीसी लगायत विषयमा छलफल भएकाे छ। बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकाेटाले संसदलाई बन्धक बनाएकाे आराेप लगाए। बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, जसपाबाट महन्थ ठाकुर, राप्रपाबाट प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए। बैठकमा एमालेका नेता माधवकुमार नेपाल, माओवादी नेता प्रचण्ड भने सहभागी भएनन्।

छोटकरी विशेष

फ्लाेर क्रश गर्ने एमाले कर्णालीका चार सांसदलाई कारबाही

फ्लाेर क्रश गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे कुर्सी जाेगाएकाे भन्दै एमालेले आफ्ना चारजना प्रदेशसभा सांसदलाई कारबाही गरेकाे छ। उता सांसद प्रकाशज्वालाले पार्टी एकताकाे सन्देश दिन आफूहरूले फ्लाेर क्रश गरेकाे बताएका छन्। उता कर्णाली एमालेले सांसदहरूले राजनीतिक अपराध गरेकाे बताएकाे छ।

छोटकरी विशेष

यी १४ जिल्ला काेराेनाबाट अति प्रभावित, विद्यालय बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पतलाहरूले कोरोना संक्रमितका लागि कम्तीमा ५० बेड छुट्याउनुपर्ने निर्णय गरेकाे छ। काेराेना संक्रमण बढ्दै जाँदा सरकारले यस्ताे निर्णय गरेकाे हाे। त्यस्तै मन्त्रालयले अति संक्रमण बढेका १४ जिल्लाका विद्यालय बन्द गर्न समेत भनेकाे छ। उता स्थानीय तहहरू विद्यालय बन्दबारे संघीय सरकारकाे निर्णय कुरेर बसेकाे बताएका छन्।

छोटकरी विशेष