१७ औँ शाताब्दीमा रोम, सीसिली र नेप्लासमा एक विषालु अन्डरवर्ल्ड नेटवर्कको मुखिया थिइन्- जूलिया टुफाना।उनको जन्म इस्वीको १६२० आसपास सीसिलीको पलेरमोमा भएको अनुमान गरिन्छ।
त्युको यस सौदाबाजको हतियार चक्कु, छुरी, तलबार थिएन। थियो एक मेकअपको सिसि। सिसी जहाँ विष भरिएको हुन्थ्यो, र विष जूलिया आफैँ बनाउने गर्दथीन्। ‘एक्वा टूफाना (Aqua Tofana)’ नामाक उक्त विषको केही थोपा मात्र पनि प्रयाप्त थियो कसैलाई मृत्युको मुखमा पुर्याउन।
‘एक्वा टूफाना’को न कुनै स्वाद थियो, न कुनै रंग। यतिसम्म यो विषको गन्धसम्म थिएन। आरामसाथ यस विषलाई कुनै पनि अन्य झोलिलो खाद्यपर्दार्थमा घुलाएर चुपचाप पिलाउन सकिन्थ्यो। विष पिउन गइरहेको व्यक्तिहरू (विशेषत विवाहित पुरुष) वालाले बेस्वाद,बेरंग र गन्धसम्म नहुने भएका कारण सहजतासाथ् विष चुपचाप निल्न सक्थ्यो। र, यहि भयो छ सय पतिहरूले यसैगरि ‘एक्वा टूफाना’लाई चुपचाप निलेर मृत्युलाई आत्मसात गरे।