सरकार र विप्लव समूहबीच वार्ता सफल भएसँगै सरकारले उक्त समूहमाथि लगाएकाे प्रतिबन्ध हटाउने भएकाे छ। दुवै पक्षहरूबीच भएकाे सहमतिमा समूहका नेता कार्यकर्ता रिहाइ गर्ने तथा मुद्दा खारेज गर्ने उल्लेख छ। सहमतिसँगै विगत दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुने भएका छन्। उता विभिन्न राजनीतिक दलहरूले विप्लव समूह र सरकारबीच भएकाे सहमतिकाे स्वागत गरेका छन्।
विस्तृतमा
प्रतिबन्ध फुकुवा भएसँगै सरकारले प्रहरीलाई विप्लव समूहका नेता कार्यकर्तामाथि भइरहेकाे धरपकड राेक्न निर्देशन दिएकाे छ।