३ दिनसम्म खोप अभियानको पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, दाहाल-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, सांसद पूर्णाकुमारी सुवेदीलगायतले सुरुमै खोप लगाएका थिए ।त्यस क्रममा दाहालले उपयुक्त देखिएका सबैलाई खोप लगाउन अपिल गरेका थिए ।
यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामति अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले फेसबुकमा पोस्ट गर्दै सो जानकारी दिएका छन्।
आज मैले पनि निजामति अस्पताल पुगेर #COVID19Vaccine लगाएँ।
— Sher Bahadur Deuba (@DeubaSherbdr) March 3, 2021
आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन म तपाईंहरुसँग पनि अनुरोध गर्दछु।
महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछु। #SayYesToVaccine pic.twitter.com/s22y1vJMaA
खोप कार्यक्रममा एउटा रमाइलो दृश्य पनि देखियो, प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रीबाट राजीनामा गरेका योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री इश्वर पोख्रेलको भेटभएपछि केही कुराकानी हुन्छ कि ? प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा पार्टीको दुई खेमामा बाँडिएका दुई नेताको भेटमा कुनै अनौपचारिक भलाकुसारी होला कि भन्ने जिज्ञासाका साथ सञ्चारकर्मीहरूले उनीहरुतिर क्यामेरा सोझ्याइरहेका थिए । तर झन्डै २० मिनेट वल्लो–पल्लो कुर्सीमा बसेका दुई नेताबीच कुनै संवाद भएन ।
सरकारले संघीय संसदका सांसदहरुलाई आज(फागुन १९ गते)देखि कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको थियो। जसअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक, सुरक्षाकर्मी गरेर १ हजार ५ सय जनाको सूची तयार पारिएको थियो।