प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएपछी त्यसको चर्चापरिचर्चा सुरु भएको छ। पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताएका थिए।


नको यस्तो अभिव्यक्ति आइरहँदा उनका अघिपछि आधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मी तैनाथ थिए। त्यस्तै, कार्यक्रम स्थलमा समेत बाक्लै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।


 प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा मुलुकका चार सुरक्षा निकायबाट दुई सय बढी सुरक्षा अधिकारी २४ सै घन्टा खटिन्छन् । नेपाली सेनाले पहिलो घेरामा रहेर प्रधानमन्त्रीको सुरक्षा नेतृत्व गर्छ भने त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट टोली खटिन्छन् ।


हालै ओलीको सुरक्षामा नेपाली सेनाले विशेष हतियारसहित सादा पोशाकका सैनिकलाई पनि खटाउन थालेको छ । राष्ट्रिय सुरक्षा समिति, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुसन्धान विभागले मुलुकका कार्यकारी प्रधानमन्त्रीको सुरक्षा चुनौतीबारे समय समयमा विश्लेषण गरिरहेको हुन्छ ।


अब प्रश्न उठ्छ यतिका सुरक्षा घेरा लिएर हिँडेका प्रधानमन्त्रीलाई आखिर केको सुरक्षा थ्रेट? ज्यानै तलमाथि हुने गरी कसले हमला गर्ला? अनि कस्तो किसिमको हमला भन्न खोजेको हो? 


मुलुकको कार्यकारी प्रमुखको यो भनाइ सार्वजनिक भएपछि सुरक्षा संयन्त्र भने अचम्ममा परेका छन् । उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति हावादारी भएको अनौपचारिक प्रतिक्रिया दिएका छन् ।


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक