खेलाडीहरूलाई लुँडो खेलेर टाइमपास नगर्न प्रधानमन्त्रीको आग्रह

प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पोखरा रंगशाला निरीक्षणमा पुगेका थिए । रंगशालामा राजनीतिक नेताहरु, खेलप्रेमी, प्रशिक्षक र खेलाडी ओलीलाई स्वागत गर्न पुगेका ओलीले जवानीमा आफू पनि खेलाडी रहेकोसम्म सम्झिन भ्याए।

गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका उनले राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेतको हैसियतमा पोखरा रंगशालामा निर्माणाधीन विभिन्न खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका हुन् । 


पोखरा रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले ब्रिफिङ गरेका थिए। पछिल्ला दिनमा नेपाली खेलकुदले सफलता हात पारेको भन्दै ओलीले अझै १० औं गुणा, सयौं गुणा सफलता हात पार्न चुस्तदुरुस्त र चतुर रहनुपर्ने बताए।


गेटबाट छिर्नेबित्तिकै बास्केटबल कोर्ट छ । नजिकै ब्याटमिन्टन कभर्ड हल निर्माण सम्पन्न भइसकेको छ । १३ औं साग प्रतियोगिता अगाडि नै मल्टिपल कभर्ड हल बनिसकेको छ ।


फुटबल स्टेडियम, स्क्यास, भलिबल, आर्चरीलगायतका कोर्टबारे जानकारी दिँदै सदस्य सचिव सिलवालले क्रिकेट मैदान खेल्न योग्य भए पनि प्यारापिट लगायतका संरचना नभएको ब्रिफिङ गरे । १६ हजार ५ सय सिट क्षमताको फुलबल प्यारापिट निर्माण भइसकेको र ३ हजार ५ सय सिट निर्माण भइरहेको सिलवालले बताए ।


अब नवौं राष्ट्रिय खेलकुद आयोजना पोखरामै हुँदैछ । सबै जिल्लामा एक एक वटा खेल खेलाउने योजना भए पनि त्यसको तयारी अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री ओलीले रंगशालामा सरकारले केके गर्नुपर्छ गर्न आग्रह गर्दै रकमको कुनै कमी नहुने आश्वासन दिए । 


जुनसुकै खेल पनि पहिले दिमागले खेलेरमात्र बलले खेलिने ओलीको भनाइ थियो । ‘चेसमा बुद्धिमात्र लगाए पुग्छ, अभ्यास भए पुग्छ । लुँडो खेल्नुभयो भने न बल न बुद्धि । त्यसलाई टाइमपास भनिन्छ,’ ओलीले भने, ‘बुद्धि र तागत बढाउने खेलतर्फ तपाईंहरुको ध्यान जाओस् ।’


 प्रधानमन्त्रीले पोखरा रंगशालाको अवलोकन गर्ने कार्यक्रम तय भए पछि जिल्ला स्थित शुरक्षा समितीले शनिवार पोखरा रंगशालाको प्रारम्भिक निरिक्षण गरिसकेको थियो।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।