वनमन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने बताएका हुन् । यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडी बढाएको र यसैपल्ट लागू गरिने उनको भनाइ छ ।
मन्त्री आलेले खुला चिडियाखानाको अवधारणा अगाडी बढाएको पनि बताए । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडी बढाउनको निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उनले बताए ।
उनले प्रधानमन्त्री जडीबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको पनि बताए । कम्तीमा सात जिल्लाबाट जडीबुटी उत्पादनको पकेट क्षेत्रको रूपमा कार्यक्रम अगाडि बढाउने उनले जानकारी दिए ।