नागरिक अभियन्ताले भत्काए कमलपोखरीको बीचमा बनाइएको कंक्रिट

कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरपालिकाले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै बृहत् नागरिक आन्दोलनले मार्चपास गरेको छ । आन्दोलनले कमलपोखरी पुनर्निर्माणका क्रममा पोखरीको बीच भागमा बनाइएको कंक्रिट संरचना भत्काएका थिए ।

सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवा: दे: दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलमा विरोध प्रदर्शनपछि कमल पोखरीसम्म मार्चपास गरेका थिए ।


नागरिक अभियन्ताले सिमेन्ट कमलपोखरी चाहिँदैन भन्दै ढलान भत्काउन खोजेपछि प्रहरीले रोक्न खोजेको थियो। त्यहीबीच एक जना अभियन्ताले कंक्रिट भत्काउने क्रममा प्रहरीले उनीसँग भएको घनसमेत खोसेको थियो। 


रानिपोखरीबाट पाठ नसिकेको भन्दै सम्पदा र पर्यावरणप्रति सचेत नागरिकले कमलपोखरीको संरक्षणका लागि महानगरलाई दबाब दिनुपर्ने अभियन्ताको भनाइ छ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।