विश्वकै पहिलो कानून : अस्ट्रेलियामा समाचारका लागि गुगल र फेसबुकले पैसा तिर्नुपर्ने

पछिल्लो समय विश्वभर नै मिडिया कम्पनीको आम्दानी घटिरहेको र गुगलको कमाइ बढेको बढ्यै छ । यहिबेला अस्ट्रेलियाले गुगल र फेसबुकले आफ्नो प्लेटफर्मका समाचार प्रकाशित गरेबापत प्रकाशकलाई शुल्क तिनुपर्ने कानुन पारित गरेको छ । यस्तो कानुन विश्वकै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियाको नयाँ कानुनमा फेसबुक, गुगलजस्ता प्रविधि कम्पनीले समाचार सामग्रीका लागि शुल्क तिर्नुपर्नेछ । अहिलेसम्म उनीहरुले कति पैसा तिर्नुपर्छ भन्नेबारे भने केही खुलाइएको छैन ।


अस्ट्रेलिया सरकारले प्रविधि कम्पनीले पत्रकारिताको उचित शुल्क तिनुपर्ने अस्ट्रेलिया सरकारको तर्क छ । यसका साथै अस्ट्रेलियाको सञ्चार क्षेत्रका लागि आर्थिक सहयोग आवश्यक भएको र बलियो सञ्चारमाध्यम लोकतन्त्रका लागि आवश्यक रहेको पनि सरकारको तर्क छ ।


गत हप्ता मात्रै त्यही कानुनको विरोधमा फेसबुकले अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो । अस्ट्रेलिया सरकारसँगको सम्झौतापछि फेसबुकले समाचार सामग्रीमाथिको रोक हटाएको छ । फेसबुक र गुगलसँगको कुराकानीपछि अस्ट्रेलियाले तल्लो सदनमा प्रस्तावित अवस्थामा रहेको कानुन संशोधन गरेको थियो । नयाँ कानुनले दुवै कम्पनीलाई राहतको व्यवस्था गरेको बताइएको छ ।


अस्ट्रेलिया सरकारले फेसबुक र गुगलमा उपलब्ध हुने समाचारको पैसा तिर्नुपर्ने नियम लगाउने मिडिया कोड संसद्‌बाट पारित गर्ने बताइरहेको बेला फेसबुकले सबै प्लेटफर्मबाट समाचार सामग्री हटाउने निर्णय गरेको थियो ।


नयाँ कानुनअनुसार फेसबुक र गुगलजस्ता कम्पनीले सोझै समाचार प्रकाशकसँग सम्झौता गर्न सक्नेछन् । अस्ट्रेलियाको नयाँ कानुन विश्वभरका नियामक निकायका लागि डिजिटल प्लेटफर्ममा समाचार सामग्रीको भुक्तानीका लागि एउटा प्रभावकारी मोडेल हुन सक्ने बताइएको छ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।