कपिलवस्तु, रुपन्देही र पाल्पामा पहिलो पटक बाघ भेटियो

कपिलवस्तु, रुपन्देही र पाल्पामा पहिलो पटक बाघ भेटिएको छ। बाघमात्र नभई अनुसन्धानको क्रममा थुप्रै वन्यजन्तुहरू नेपालको लागि पहिलो पटक अभिलेख गरिएका छन्।

उक्त क्षेत्रमा बाघ साथसाथै ४१ प्रजातिका स्तनधारी (२० प्रजाति दुर्लभ), ३७८ प्रजातिका चराहरू (८ वटा विश्वमा दुर्लभ), ९९ प्रजातिका उभयचर/सरीसृपहरू, २७९ प्रजातिका पुतलीहरू र १०४ प्रजातिका माछाहरू अभिलेख गरिएका छन्।


राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष द्वारा संयुक्त रूपमा गरिएको अध्ययन र प्रकाशित प्रतिवेदनमा यस कुरा उल्लेख गरिएको छ। डा. नरेश सुबेदीसहित २० जना अनुसन्धानकर्मीहरूद्वारा भर्खर प्रकाशित उक्त अनुसन्धान सन् २०१६ देखि २०१८ सम्म गरिएको थियो। सो प्रतिवेदन रिसर्च गेटमा सार्वजनिक गरिएको छl 


डडेलधुरा र इलाममा केही समयअघि बाघ भेटिएर खुसी भएका अनुसन्धानकर्मी र संरक्षणकर्मी थप खुसी भएका छन्। त्यतिबेला दुई हजार ५०० मिटरको उचाईमा डडेलधुराको महाभारत क्षेत्रमा राखिएकाे क्यामेरामा पाटे बाघ कैद भएको थियो।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।