प्रतिनिधिसभा पुनर्स्थापना, ओलीको जन्मदिन र राधिका शाक्यको पुस्तक विमोचन

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ७० औं जन्मदिन मनाइरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने उनको निर्णय बदर गर्यो। अदालतको फैसलापछि पहिलो कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले बालुवाटारमा पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’को विमोचन गरे।

बालुवाटारमा प्रधानमन्त्री जन्मदिन मनाइरहँदा प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै थिए।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरुसँग छलफल गरिसकेपछि बहुप्रतिक्षित मुद्दामा आफ्नो निर्णय बदर गर्दै फैसला सुनाए पनि प्रधानमन्त्री ओलीले भने पूर्व निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिए।


प्रधानमन्त्रीले बालमन्दिरका बालबालिकासँग जन्मदिन मनाएका छन्। उनले ६ महिनाकी बालिका आरती उपाध्यायलाई केक खुवाएका थिए। केक काटेपछि उनले दही सगुन लिएका थिए।

यसअघि उनले प्रधानमन्त्रीको सरकारी निवासमा जन्मदिन मनाएका थिए। 

प्रधानमन्त्री ओलीलाई उनका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए।


अदालतको फैसलापछि पहिलो कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले बालुवाटारमा पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’को विमोचन गरे। पुस्तक विमोचन तथा प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना आदान-प्रदान गर्ने कार्यक्रम पहिल्यै तय भएको र अदालतको निर्णयका बाबजुद त्यसमा कुनै परिवर्तन गरिएन।


र्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन बदर हुने फैसला गरेको हो । सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश दिएको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।