शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउन प्रधानमन्त्री प्रचण्डलाई ओलीको चेतावनी

एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल खेल्ने माध्यम नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन्। पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सभालाई काठमाडौंस्थित भृकुटीमण्डपमा सम्बोधन गर्दै...